Dhulikhel Eco Banner new

‘बलात्कार’ आरोपित शिक्षकलाई जोगाउँदै मातृका !

11.74K
shares

काठमाडौं, २४ असार । कार्यालय सहयोगीकी श्रीमतिमाथि बलत्कार गरेको प्रकरणमा मुछिएका शिक्षक बैजु साह रौनियारलाई माओवादी (केन्द्र) का नेता मातृका प्रसाद यादव जोगाउन लागि परेका छन् । प्रतिनिधिसभा सदस्य समेत रहेका यादवले शिक्षक रौनियालाई जोगाउनका लागि पिडित पक्षलाई दबाब दिएको खुलेको आरोप लगोको हो ।

धनुषा जिल्लाको सबैला नगरपालिका १२ मा रहेको फकिर चन्द गामी माध्यमिक विद्यालय बरकुर्वाका निवर्तमान प्रधानाध्यापक रौनियारले सोही विद्यालयका कार्यालय सहयोगीकी श्रीमतिमाथि जबरजस्ती करणी गरेको आरोप लगेको छ । दलित परिवारकी पिडित उक्त महिलाले मुद्दा दर्ता प्रक्रिया रोक्न सांसद यादवसहितले दबाब दिएको आरोप लगाएकी छिन् ।

बरकुर्वा विद्यालयका तत्कालिन प्रधानाध्यापक रौनियारले विद्यालयमा करोडौंको भ्रष्टाचार गरेको भन्दै सम्पूर्ण राजनीतिक दलका प्रतिनिधि, अभिभावक र विद्यालय व्यवस्थापन समितिको संयुक्त भेलाले रौनियारलाई प्रधानाध्यापक पदबाट हटाएको थियो ।

विद्यालयको जग्गा हिनामिना, विद्यालयको सम्पतिबाट हुने आम्दनीको हिनामिना, विद्यार्थीको छात्रबृति वितरणमा अनियमितता, पुस्तकको रकम हिनामिना, विद्यालयको कम्प्युटर विक्री, विद्यार्थीलाई खाजा नखुवाई पैसा हिनामिनालगायतको एक दर्जन बढी घटनामा निवर्तमान प्रधानाध्यापक रौनियारमाथि अख्तियारमा समेत निवेदन दर्ता भएको छ । विद्यालय व्यवस्थापन समितिले समेत उनीमाथि कारवाहीका लागि अख्तियारलाई पत्राचार गरेको छ ।

बलात्कार काण्ड र भ्रष्टाचार काण्डमा छानविन हुन थालेपछि शिक्षक रौनियार सांसद यादवको निकट पुगेका हुन् । विद्यालयका एक शिक्षकका अनुसार सांसद यादवका भाई कारी यादव सबैला नगरपालिकाको मेयरमा निर्वाचित भएपछि शिक्षा समितिको संयोजक हुनका लागि रौनियारले १५ लाख रुपैयाँ मातृका यादवलाई बुझाएको आरोप लागेको छ । सांसद यादवको तर्फबाट जुगेश्वर यादव (मास्टर)ले रकम बुझेको शिक्षकहरुको दाबी छ ।