Dhulikhel Eco Banner new

तीन दिनको मौसम : केही स्थानमा भारी वर्षाको सम्भावना

5.58K
shares

काठमाडौं, २५ असार । शनिबारदेखि तीन दिनसम्म देशका सबै भुभागमा सामान्यदेखि पूर्ण बदली हुने भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले शनिबारदेखि तीन दिनसम्मको अवधिमा देशका पहाडि भू भागमा सामान्य देखि पूर्ण बदली हुने र बाँकी भागमा सामान्य बदली रहने बताएको हो ।

महाशाखाका अनुसार बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरुमा र बाँकी प्रदेशका केही स्थानहरुमा मेघ गर्जन÷चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुका साथै गण्डकी प्रदेश र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको बुटेलिनमा जनाइएको छ ।