Dhulikhel Eco Banner new

हरेक नागरिकलाई सहजरुपमा स्वास्थ्य सेवा

4.97K
shares

काठमाडौं, २६ असार । स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री हीराचन्द्र केसीले हरेक नागरिकलाई सहजरुपमा स्वास्थ्य सेवा पुराउने आफ्नो दायित्व भएको बताएका छन् ।

रिपोर्टस् क्लब दाङले आज तुलसीपुरमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा उनले अझैसम्म पनि नागरिकले पाउने आधारभूत सेवा पनि सहज पाउन नसकेको भन्दै यसलाई सहज बनाउन पहल गर्ने बताए । यसका लागि तीनै तहका सरकारसँग छलफल गर्नेसमेत बताए ।

राज्यमन्त्री केसीले राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको सेवालाई थप विस्तार गर्ने समेत बताए । उनले कोरोनाको समयमा योगदान गरेका कर्मचारीको नवीकरणमा पहल थाल्नेसमेत बताए । त्यसका लागि स्थानीय सरकारले पनि सहयोग गर्नुपर्ने उनको भनाइ छ ।

सरकारले प्रत्येक पालिकामा १५ शय्याको अस्पताल बनाउने कुरा अघि सारेको अवस्थामा अझै पनि धेरै पालिकामा ती अस्पताल निर्माणको काम अघि बढ्न नसकेको भन्दै यसलाई पनि पूर्णता दिने उनले प्रतिबद्धता जनाए ।