दोहोरो अकंले घट्यो शेयर बजार, कारोबार रकम पनि घट्यो
वि.सं.२०८३ भदौ १५ सोमवार १५:०८
shares

काठमाडौँ, १५ भदौ । सोमवार शेयर बजार दोहोरो अकंले घटेको छ । शेयर बजार ४३.८९ अंकले घटेर २५१३.४२ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा २१ कम्पनीको शेयर मूल्य बढेको छ । २५३ कम्पनीको शेयर मूल्य घटेको छ भने ४ कम्पनीको स्थिर रहेको छ । यसदिन ३ अर्ब ६४ करोड कारोबार भएको हो ।
दोहोरो अकंले घटेको शेयर बजारमा उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले १३.१६ प्रतिशतका दरले कमाएका छन् ।
त्यसैगरि मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले १४.९८ प्रतिशतका दरले गुमाएका छन् ।


















