दोहोरो अकंले घटेको शेयर बजारमा यी ५ कम्पनीले कमाए सर्वाधिक
वि.सं.२०८३ भदौ १५ सोमवार १५:२४
shares

काठमाडौँ, १५ भदौ । सोमवार शेयर बजार दोहोरो अकंले घटेको छ । शेयर बजार ४३.८९ अंकले घटेर २५१३.४२ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा २१ कम्पनीको शेयर मूल्य बढेको छ । २५३ कम्पनीको शेयर मूल्य घटेको छ भने ४ कम्पनीको स्थिर रहेको छ । यसदिन ३ अर्ब ६४ करोड कारोबार भएको हो ।
दोहोरो अकंले घटेको शेयर बजारमा उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले १३.१६ प्रतिशतका दरले कमाएका छन् ।
त्यसैगरि घोराही सिमेन्ट इन्डस्ट्री लिमिटेडका लगानीकर्ताले ७.५७ प्रतिशतका दरले कमाएका छन् भने एनआईसी एसिया डिबेन्चर २०९१का लगानीकर्ताले ६.०१ प्रतिशतका दरले कमाएका छन् ।
त्यसैगरि पाल्पा सिमेन्ट इन्डस्ट्रिज लिमिटेडका लगानीकर्ताले ४.०३ प्रतिशतका दरले कमाएका छन् भने नबिल डिबेन्चर २०८९ का लगानीकर्ताले ३.९७ प्रतिशतका दरले कमाएका छन् ।

















