Dhulikhel Eco Banner new

दोहोरो अकंले घटेको शेयर बजारमा यी ५ कम्पनीले गुमाए सर्वाधिक

416
shares

काठमाडौँ, १५ भदौ । सोमवार शेयर बजार दोहोरो अकंले घटेको छ । शेयर बजार ४३.८९ अंकले घटेर २५१३.४२ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा २१ कम्पनीको शेयर मूल्य बढेको छ । २५३ कम्पनीको शेयर मूल्य घटेको छ भने ४ कम्पनीको स्थिर रहेको छ । यसदिन ३ अर्ब ६४ करोड कारोबार भएको हो ।

दोहोरो अकंले घटेको शेयर बजारमा मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले १४.९८ प्रतिशतका दरले गुमाएका छन् ।

त्यसैगरि रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडका लगानीकर्ताले ११.७६ प्रतिशतका दरले गुमाएका छन् भने एमबिएल इक्विटी फन्डका लगानीकर्ताले १०.६२ प्रतिशतका दरले गुमाएका छन् ।

त्यसैगरि चिलिमे जलविद्युत कम्पनी लिमिटेडका लगानीकर्ताले १०.४९ प्रतिशतका दरले गुमाएका छन् भने सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम ३का लगानीकर्ताले ९.८३ प्रतिशतका दरले गुमाएका छन् ।