Dhulikhel Eco Banner new

८ हजार ८ सयले घट्यो सुनको मूल्य, हेर्नुस् कतिमा हुदैछ कारोबार ?

741
shares

काठमाडौं, १७ भदौ । स्थानीय बजारमा बुधबार सुनको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य ८ हजार ८ सयले घटेको हो ।

महासंघका अनुसार सुन मंगलबार प्रतितोला ३ लाख ६ हजार १ सयमा कारोबार भएको सुन बुधबार घटेर २ लाख ९७ हजार ३ सयमा कारोबार भएको छ ।

त्यसैगरी, बुधबार चाँदीको मूल्य १ सय ८५ रुपैयाँले घटेको छ । मंगलबार ४ हजार ७ सय ६५ मा कारोबार भएको चाँदी घटेर बुधबार ४ हजार ५ सय ८० रुपैंया मा कायम भएको हो ।