बढ्यो सुनको मूल्य, हेर्नुस् कतिमा हुदैछ कारोबार ?
वि.सं.२०८३ भदौ २८ आइतवार १०:४३
481
shares
shares

काठमाडौं, २८ भदौ । स्थानीय बजारमा आइतबार सुनको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य १ हजार २ सयले बढेको हो ।
महासंघका अनुसार सुन शुक्रबार प्रतितोला ३ लाख १ हजारमा कारोबार भएको सुन आइतबार बढेर ३ लाख २ हजार २सयमा कारोबार भएको छ ।
त्यसैगरी, आइतबार चाँदीको मूल्य ६० रुपैयाँले बढेको छ । शुक्रबार ४ हजार ६ मा कारोबार भएको चाँदी बढेर आइतबार ४ हजार ६ सय ६० रुपैंया मा कायम भएको हो ।

















