नेपाल ल्युब आयलले २१.०५ प्रतिशत लाभांश दिने
वि.सं.२०८३ भदौ २९ सोमवार १५:४८
shares

काठमाडौं, २९ भदौ । नेपाल ल्युब आयलले १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ६.०५६४ नगद लाभांश दिने भएको छ।
कम्पनीको भदौ २६ गते बसेको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो।
हालै भदौ २ गते सेयर बजारमा यस कम्पनीको प्रतिकित्ता २७७ मा सेयर कारोबार भइरहेको छ।
कम्पनीको साधारण सभाले लाभांश प्रस्ताव पारित गर्न बाँकी छ। कम्पनीले असोज १९ गते वार्षिक साधारण सभा डाँकेको छ।
यसले दुई वर्षको साधारण सभा एकैपटक गर्दैछ।
यसले २०८१ चैतमा एक बराबर दुई हनुपातमा हकप्रद सेयर जारी गर्न धितोपत्र बोर्डमा अनुमति मागेको थियो।
सो समय १४ लाख ५७ हजार दुई सय ५३ कित्ता हकप्रद सेयर जारी गर्ने उल्लेख गरेको थियो।
कम्पनीले अहिले दिने बोनस सेयर हालको चुक्ता पुँजी आठ करोड ७४ लाख ३८ हजार २ सय ४० रूपैयाँ (८ लाख ७४ हजार ३५२ कित्ता) कै आधारमा हुने उल्लेख गरेको छ।
यसको अर्थ अब एक लाख ३१ हजार १५२ कित्ता बोनस सेयर थपिने भएको छ। यो बोनस सेयर समायोजन पछि बाँकी हुने कित्ता मात्रै हकप्रद जारी गर्ने उल्लेख गरेको छ।
यस आधारमा कम्पनीले करिब १३ लाख २६ हजार १२८ कित्ता हकप्रद सेयर जारी गर्ने उल्लेख गरेको छ। यसआधारमा अब १ बराबर २ अनुपातमा दिने भनेको हकप्रद घटेर १ बराबर १.३२ अनुपातमा जारी हुने देखिन्छ।
अर्थात् एक सय कित्ता सेयर हुनेले १३१.८४ कित्ता हकप्रद सेयरको लागि आवेदन दिन पाउँने छन्।

















