Dhulikhel Eco Banner new

दोहोरो अंकले बढ्यो शेयर बजार, कारोबार रकम पनि बढ्यो

637
shares

काठमाडौं, ३० भदौ । मंगलबार शेयर बजार दोहोरो अंकले बढेको छ। शेयर बजार ४८.५७ अंकले बढेर २६३३.६२ विन्दुमा बन्द भएको हो।

शेयर बजारमा २६४ कम्पनीको सेयर मूल्य बढेको छ भने १३ वटाको घटेको छ। यस्तै, १ कम्पनी स्थिर छन्। यसदिन ८ अर्ब २९ करोड रूपैयाँ बढीको कारोबार भएको छ।

दोहोरो अंकले बढेको शेयर बजारमा धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले १४.९६ प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरि एभरेस्ट बैंक लिमिटेडका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले ५.५५ प्रतिशतका दरले गुमाएका छन् ।