दोहोरो अंकले बढ्यो शेयर बजार, यी ५ कम्पनीले कमाए सर्वाधिक
वि.सं.२०८३ भदौ ३० मंगलवार १५:२०
shares

काठमाडौं, ३० भदौ । मंगलबार शेयर बजार दोहोरो अंकले बढेको छ। शेयर बजार ४८.५७ अंकले बढेर २६३३.६२ विन्दुमा बन्द भएको हो।
शेयर बजारमा २६४ कम्पनीको सेयर मूल्य बढेको छ भने १३ वटाको घटेको छ। यस्तै, १ कम्पनी स्थिर छन्। यसदिन ८ अर्ब २९ करोड रूपैयाँ बढीको कारोबार भएको छ।
दोहोरो अंकले बढेको शेयर बजारमा धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले १४.९६ प्रतिशतका दरले कमाएका छन् ।
त्यसैगरि सिन्धु विकास बैंक लिमिटेडका लगानीकर्ताले ११.०३ प्रतिशतका दरले कमाएका छन् भने मल्टिपर्पस फाइनान्स कम्पनी लिमिटेडका लगानीकर्ताले ९.७३ प्रतिशतका दरले कमाएका छन् ।
त्यसैगरि जानकी फाइनान्स कम्पनी लिमिटेडका लगानीकर्ताले ८.०६ प्रतिशतका दरले कमाएका छन् भने मिड सोलु हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले ६.६७ प्रतिशतका दरले कमाएका छन् ।
















