Dhulikhel Eco Banner new

दोहोरो अंकले बढ्यो शेयर बजार, यी ५ कम्पनीले गुमाए सर्वाधिक

546
shares

काठमाडौं, ३० भदौ । मंगलबार शेयर बजार दोहोरो अंकले बढेको छ। शेयर बजार ४८.५७ अंकले बढेर २६३३.६२ विन्दुमा बन्द भएको हो।

शेयर बजारमा २६४ कम्पनीको सेयर मूल्य बढेको छ भने १३ वटाको घटेको छ। यस्तै, १ कम्पनी स्थिर छन्। यसदिन ८ अर्ब २९  करोड रूपैयाँ बढीको कारोबार भएको छ।

दोहोरो अंकले बढेको शेयर बजारमा एभरेस्ट बैंक लिमिटेडका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले ५.५५ प्रतिशतका दरले गुमाएका छन् ।

त्यसैगरि केबीएल डिबेन्चरका लगानीकर्ताले ३.०० प्रतिशतका दरले गुमाएका छन् भने बोटलर्स नेपाल ९बालाजु० लिमिटेडका लगानीकर्ताले २.९७ प्रतिशतका दरले गुमाएका छन् ।

त्यसैगरि नेपाल एसबीआई बैंक डिबेन्चरका लगानीकर्ताले २.८२ प्रतिशतका दरले गुमाएका छन् भने रिलायन्स स्पिनिङ मिल्स लिमिटेडका लगानीकर्ताले १.९४ प्रतिशतका दरले गुमाएका छन् ।