Dhulikhel Eco Banner new

भुवन दाहाललाई सर्वोत्कृष्ट वित्तीय साक्षरता प्रशिक्षक अवार्ड

741
shares

काठमाडौं, ३ असोज । वित्तीय साक्षरता अभियन्ता भुवन दाहाल सर्वोत्कृष्ट वित्तीय साक्षरता प्रशिक्षक अवार्डबाट सम्मानित भएका छन्।

केटिएम भ्वाइसले आयोजना गरेको वित्तीय साक्षरता समिट एण्ड अवार्ड कार्यक्रममा दाहाललाई वित्तीय साक्षरता प्रवद्र्धन तथा प्रशिक्षणका क्षेत्रमा पुर्‍याएको योगदानका लागि उक्त अवार्ड प्रदान गरिएको हो।

वित्तीय साक्षरतालाई समुदायस्तरसम्म पुर्‍याउन खेलेको भूमिका तथा प्रशिक्षणमार्फत वित्तीय सचेतना अभिवृद्धिमा पुर्‍याएको योगदानका आधारमा दाहाललाई सम्मान गरिएको आयोजकले जनाएको छ।