ग्लोबल आइएमई लघुवित्त बन्यो सर्वोत्कृष्ट वित्तीय साक्षरता लघुवित्त
वि.सं.२०८३ असोज ८ बिहीवार ११:२६
shares

काठमाडौं, ३ असोज । वित्तीय साक्षरता प्रवद्र्धनमा लघुवित्त संस्थाहरूमध्ये ग्लोबल आइएमई लघुवित्त सर्वोत्कृष्ट बनेको छ। संस्थाले सर्वोत्कृष्ट वित्तीय साक्षरता अवार्ड प्राप्त गरेको हो।
केटिएम भ्वाइसले शुक्रबार आयोजना गरेको वित्तीय साक्षरता समिट एण्ड अवार्ड कार्यक्रममा ग्लोबल आइएमई लघुवित्तलाई उक्त सम्मान प्रदान गरिएको हो।
ग्रामीण तथा पहुँचविहीन समुदायमा वित्तीय साक्षरता पुर्याउन संस्थाले सञ्चालन गरेका अभियान, लाभग्राहीको संख्या, कार्यक्रमको प्रभाव, भौगोलिक पहुँच तथा मापनयोग्य उपलब्धिलाई अवार्ड मूल्यांकनको आधार बनाइएको आयोजकले जनाएको छ।
सम्मेलनमा वित्तीय साक्षरता, वित्तीय समावेशीकरण तथा डिजिटल वित्तीय सेवाका विषयमा विभिन्न सत्रमा छलफलसमेत गरिएको थियो।

















