सानिमा मिडिल तमोर हाइड्रोपावरको लाभांश घोषणा
वि.सं.२०८३ असोज ८ बिहीवार १२:२६
962
shares
shares

काठमाडौं, ८ असोज । सानिमा मिडिल तमोर हाइड्रोपावरले गत आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट सेयरधनीहरूलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ।
कम्पनीको बुधबार बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापुँजीको ५.२६३ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय गरेको हो।
लाभांश पारित गर्न कम्पनीले असोज ३० गते ११औं वार्षिक साधारणसभा बोलाएको छ।
सभा प्रयोजनका लागि कम्पनीले असोज १९ गते बुक क्लोज गर्ने भएको छ।
असोज १६ गतेसम्म कायम सेयरधनीहरुले कम्पनीको लाभांश र साधारण सभामा सहभागी हुन पाउनेछन्।















