Dhulikhel Eco Banner new

दोहोरो अंकले बढ्यो शेयर बजार , यी ५ कम्पनीले कमाए सर्वाधिक

533
shares

काठमाडौं, ८ असोज । बिहिबार शेयर बजार दोहोरो अंकले बढेको छ। शेयर बजार ११.७७ अंकले बढेर २६२९.८१ विन्दुमा बन्द भएको हो।

शेयर बजारमा १७६ कम्पनीको सेयर मूल्य बढेको छ भने ९५ वटाको घटेको छ। यस्तै, ७ कम्पनी स्थिर छन्। यसदिन ५ अर्ब ४४ करोड रूपैयाँ बढीको कारोबार भएको छ।

दोहोरो अंकले बढेको शेयर बजारमा नेपाल ल्युब ओइल लिमिटेडका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले १२.४७ प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरि सोनापुर मिनरल्स एण्ड ओइल लिमिटेडका लगानीकर्ताले ७.६५ प्रतिशतका दरले कमाएका छन् भने कुमारी सबल योजनाका लगानीकर्ताले ७.५६ प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरि घोराही सिमेन्ट इन्डस्ट्री लिमिटेडका लगानीकर्ताले ७.०७ प्रतिशतका दरले कमाएका छन् भने सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले ६.४७ प्रतिशतका दरले कमाएका छन् ।