दोहोरो अंकले बढ्यो शेयर बजार , यी ५ कम्पनीले गुमाए सर्वाधिक
वि.सं.२०८३ असोज ८ बिहीवार १५:२६
shares

काठमाडौं, ८ असोज । बिहिबार शेयर बजार दोहोरो अंकले बढेको छ। शेयर बजार ११.७७ अंकले बढेर २६२९.८१ विन्दुमा बन्द भएको हो।
शेयर बजारमा १७६ कम्पनीको सेयर मूल्य बढेको छ भने ९५ वटाको घटेको छ। यस्तै, ७ कम्पनी स्थिर छन्। यसदिन ५ अर्ब ४४ करोड रूपैयाँ बढीको कारोबार भएको छ।
दोहोरो अंकले बढेको शेयर बजारमा मिड सोलु हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले ११.५८ प्रतिशतका दरले गुमाएका छन् ।
त्यसैगरि धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले १०.१९ प्रतिशतका दरले गुमाएका छन् भने सिटिजन्स सुपर ३० म्युचुअल फन्डका लगानीकर्ताले ३.४७ प्रतिशतका दरले गुमाएका छन् ।
त्यसैगरि हाथवे इन्भेस्टमेन्ट नेपाल लिमिटेडका लगानीकर्ताले ३.४३ प्रतिशतका दरले गुमाएका छन् भने ज्योति विकास बैंक बन्ड २०८७का लगानीकर्ताले २.९९ प्रतिशतका दरले गुमाएका छन् ।















