Dhulikhel Eco Banner new

दक्षिण सुडानमा नेपाली सोनाको १६औँ चोटी फेरबदल

1.29K
shares

काठमाडौं, २९ असोज । संयुक्त राष्ट्र संघको आह्वानमा शान्ति स्थापना कार्यका लागि दक्षिण सुडानमा तैनाथ नेपाली सेनाको टोली फेरबदल भएको छ ।

नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले आज जारी गरेको प्रेस नोट अनुसार, ‘युनाइटेड नेसन्स मिसन इन साउथ सुडान’ मा सहभागी श्री नयाँ गोरख गण (शान्ति सेना) १५औँ डफ्फालाई बदली गर्नका लागि श्री नारायणदल गण (शान्ति सेना) १६ औँ डफ्फाका २०३ जना शान्ति सैनिकहरूको दोस्रो तथा अन्तिम टोली हिजो (बुधबार) मिसन इलाकातर्फ प्रस्थान गरेको छ ।

यसैगरी, उक्त मिसनमा आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गरी २०४ जना नेपाली शान्ति सैनिकहरू सोही दिन स्वदेश फिर्ता भएका छन् ।