महालक्ष्मी र प्रभु एक आपसमा गाभिने, अमात्य बन्ने भए अध्यक्ष, सीईओमा भट्टराई
वि.सं.२०७९ असार ३० बिहीवार १८:३३
shares

काठमाडौं, ३० असार । महालक्ष्मी लाइफ इन्स्यारेन्स र प्रभु लाइफ इन्स्यारेन्सबीच मर्जर गर्ने सहमति भएको छ । यी दुई कम्पनीहरु १ बराबर १ स्वाप रेसियोमा मर्जरमा जान सहमत भएका हुन् । भर्खरै २ कम्पनीबीच मर्जर सम्झौता समेत भएको छ ।

मर्जर सहमति पछि संयुक्त रुपमा विज्ञप्ति जारी गरिएको छ । विज्ञप्ति अनुसार मर्जर पछि प्रभुु महालक्ष्मी लाइफ इन्स्यारेन्सको नामबाट एकिकृत कारोबार सुरु हुनेछ ।
मर्जर पछि बन्ने कम्पनीको अध्यक्षमा भने सुवास अमात्य हुनेछन् । अमात्य अहिले प्रभु लाइफ इन्स्योरेन्सको अध्यक्ष छन् । अध्यक्ष प्रभुले लिने र प्रमुख कार्यकारी अधिकृत महालक्ष्मी लाइफलाई दिने गरी सहमित भएको छ ।




















