Dhulikhel Eco Banner new

अर्थविद् अधिकारीले पाए परोपकार पदक

19.63K
shares

काठमाडौं, ३० असार । अर्थविद डा. चन्द्रमणि अधिकारीलाई बागमती सरकारले सम्मान गरेको छ । अर्थतन्त्रका खरो विश्लेषकका रुपमा परिचित अर्थविद अधिकारीलाई बागमती सरकारले प्रदेश परोपकार पदकबाट सम्मानित गरेको हो ।

प्रदेश सरकारले समाजसेवा तथा लोककल्याणको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएको भन्दै सम्मान गरेको हो । मूख्यमन्त्रीले अधिकारीलाई उक्त पदक हस्तान्तरण गरेका छन् ।