Dhulikhel Eco Banner new

भोलि शनिबार बैंक खुला राख्न राष्ट्र बैंकको निर्देशन

8.4K
shares

काठमाडौं, ३१ असार । नेपाल राष्ट्र बैंकले भोलि शनिबार बैंकहरु खुल्ला राख्नका लागि निर्देशन दिएको छ । बैंकले शुक्रबार निर्देशन जारी गर्दै आर्थिक वर्षको अन्तिम दिन भएकाले सबै बैंकका शाखाहरु  खुल्ला राख्नका लागि निर्देशन दिएको हो ।

राजश्व बुझाउनका लागि समस्या नहोस् भन्नका लागि बैंकहरु शनिबार पनि खुल्ला रहने राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले हरेक वर्ष आर्थिक वर्षको अन्तिम दिन सार्वजनिक बिदा वा २५ गते पछाडि शनिबार परे शाखा कार्यालय खुल्ला राख्नका लागि निर्देशन दिदै आएको छ ।