Dhulikhel Eco Banner new

गभर्नरको राजीनामा माग्दै अखिल क्रान्तिकारीले टाँग्यो कालो ब्यानर

6.58K
shares

काठमाडौं, ४ साउन । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गर्दै संयुक्त विद्यार्थी संघर्ष समितिले केन्द्रीय बैंकको विराटनगरमा कार्यालयमा कालो ब्यानर टाँगेका छन् । एमालेको विभागको सदस्यमा नाम राखिएको भन्दै विद्यार्थी संगठन तथा अन्य सरोकारवालाले गभर्नरको राजीनामा माग गर्दै आएका हुन् ।

बुधबार विराटनगरमा सत्तारुढ दल निकट विद्यार्थीहरुले राजीनामा माग गरेर ब्यानर टागेको अखिल क्रान्तिकारीका केन्द्रीय उपाध्यक्ष केशब रावलले जानकारी दिए । विद्यार्थीहरुले राजनीतिक दलको कार्यकर्ता कार्यकारी पदमा बस्न नहुने भन्दै गभर्नर अधिकारी अधिकारीले राजीनामा दिनु पर्ने आवाज उठी रहेको छ ।

विद्यार्थीहरुले अधिकारीलाई बालुवाटारमा आन्दोलन गरेर गभर्नर अधिकारीलाई कार्यालय प्रवेशमा समेत रोक लगाएका थिए ।