Dhulikhel Eco Banner new

एयरपोर्टमा दुई सय डलरसम्म साट्न मिल्ने

7.62K
shares

काठमाडौं, ५ साउन । बैदेशिक रोजगराका लागि विदेश जाने नेपालीले एयरपोर्टमा २ सय अमेरिकी डलरसम्म साट्न् पाउने भएका छन् । नेपाल राष्ट्र बैंकबाट इजाजत लिएर कारोबार गरिरहेका मनी चेन्जरबाट साट्न पाउने भएका हुन् ।

राष्ट्र बैंकले एकीकृत परिपत्र २०७८ लाई संशोधन उक्त सुविधा ल्याएको हो । उक्त सुविधा पश्चात वैदेशिक रोजगारीमा जानेलाई सहज हुने राष्ट्र बैंकले बताएको छ ।

विदेश घुम्न जानेले राहदानीबापत बैंकाबाट १ हजार ५ सय डलरसम्म साट्न पाउने भएका छन् ।

मनी चेन्जर नियमावली २०७७ संशोधन गर्दै केन्द्रीय बैंकले मनी चेन्जर सञ्चालनका लागि दिने इजाजतपत्र (लाइसेन्स) को शुल्क र धरौटी बढाएको छ ।

राहादानीबापतको सटही लाइसेन्स दिनका लागि थप २५ हजार रुपैयाँ शुल्क तोकिएको छ । यसबाहेक भारतीय रुपैयाँ खरीदविक्री र परिवत्र्य विदेशी मुद्रा खरीद कारोबारीको शुल्य पुरानै रहेको छ ।

राहदानीबापतको सटही लाइसेन्स प्राप्त मनी चेन्जरले थप २ लाख रुपैयाँ धरौटी बुझाउनु पर्नेछ । यसबाहेक भारतीय रुपैयाँ खरीदविक्रीका लागि १ लाख रुपैयाँ, विदेशी मुद्राको खरीद कारोबारका लागि ५ लाख रुपैयाँ र दुवै कारोबारका लागि ६ लाख रुपैयाँ धरौटी तोकिएको छ ।