Dhulikhel Eco Banner new

सिटिजन लाइफ इन्स्योरेन्सको विशेष साधारण सभा भोलि, मुख्य प्रस्ताव मर्जर

6.19K
shares

काठमाडौं, ५ साउन । सिटिजन लाइफ इन्स्योरेन्सले भोलिका लागि विशेष साधारण सभा बोलाएको छ । संस्थाको विशेष साधारण सभामा मुख्य रुपमा मर्जरमा जाने प्रस्ताव राखिएको छ ।

कम्पनीको गत असार १३ गते बसेको संचालक समितिको बैठकको निर्णयअनुसार साउन ६ गते भोलिका लागि सभा आयोजना गरिएको हो । उक्त सभाले नियमक निकाय बीमा समितिले तोकेबमोजिम कम्पनीको अधिकृत पुँजी, जारी पुँजी बृद्धि गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।

साथै अन्य कुनै जीवन बीमा कम्पनीसँग एकआपसमा गाभ्ने÷गाभिने वा मर्जरमा जाने सम्बन्धित सम्पूर्ण आवश्यक कार्य एवं प्रक्रियाहरु पुरा गरी अख्तियारी प्राप्त निकायबाट अन्तिम स्वीकृति लिने तथा सो सम्बन्धि सम्पूर्ण अख्तियार संचालक समितिलाई प्रदान गर्ने विशेष प्रस्ताव रहेको छ ।

यसबाहेक कम्पनीको पुँजी एवं अन्य व्यवस्थाहरु समेत समावेश गरी प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने र सो संशोधनमा नियामक नियकाबाट सुझाव तथा निर्देशन भएमा सोलाई समावेश गर्नको लागि संचालक समितिर्र्ला अख्तियार प्रदान गर्ने समेत सभाको मुख्य एजेण्डा रहेको छ ।