लक्ष्यको ३० प्रतिशतमात्रै उठ्यो यातायात कार्यालयको राजश्व
वि.सं.२०७९ साउन ५ बिहीवार १७:११
shares

काठमाडौं, ५ साउन । आर्थिक वर्ष सकियो सबै कार्यालयका राजश्वका विवरण पनि आउन थालेको छ । तर केही कार्यालयको राजश्व संकलन भने लक्ष्यको भन्दा निकै न्युन रहेको छ ।

राजश्व संकलनमा लक्ष्य हासिल गर्न नसकेको एक कार्यालय हो, यातायात कार्यालय सानो भरयाङ । यो कार्यालय गत आर्थिक वर्षमा करिब ४० करोड मात्रै राजश्व संकलन गरेको छ ।
जबकी यो कार्यालय राजश्व संकलनको लक्ष्य १ अर्ब ८० करोड रहेको थियो । यो कार्यालयले लक्ष्यको ५० प्रतिशतमात्रै पनि राजश्व संकलन गर्न नसकेको कार्यालयका प्रमुख उपेन्द्र साहले बताएका छन् ।
‘लक्ष्यको ३० प्रतिशत जति मात्रै राजश्व संकलन भएको छ, १ अर्ब ८० करोडको लक्ष्य रहेकोमा आर्थिक वर्षमा ४० करोडभन्दा पनि कम मात्रै राजश्व संकलन भएको छ,’ उनले भने । कार्यालय सेवा ग्राहीको भिड समेत कम रहेको त्यसको प्रभाव राजश्व संकलनमा देखिएको प्रमुख साहको भनाइ छ ।



















