Dhulikhel Eco Banner new

ग्लोबल आईएमई बैंकले कमायो ५ अर्ब बढी नाफा

8.11K
shares

काठमाडौं, ६ साउन । ग्लोबल आईएमई बैंकको नाफा २५ प्रतिशतले वृद्धि भएको छ । बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकले ५ अर्ब २० करोड ६४ लाख रुपैयाँ नाफा कमाएको छ जुन अघिल्लो आर्थिक वर्षको भन्दा २५ प्रतिशतले बढी हो ।

बैंकले अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ४ अर्ब १६ करोड ५१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १७.५२ प्रतिशत बढेको छ भने खुद फि तथा कमिसन आम्दानी ९.२७ प्रतिशत बढेको छ । त्यसैगरी, बैंकको कुल सञ्चालन आम्दानी १५.०४ प्रतिशत र सञ्चालन मुनाफा २६.९० प्रतिशत बढेको छ । असार मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा ३ अर्ब १९ करोड ९५ लाख रुपैयाँ रहेको छ ।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी (ईपीएस) पनि बढेको छ । समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी २ रुपैयाँ ६३ पैसा बढेर २१ रुपैयाँ ८८ पैसा पुगेको छ । सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात ११.४९ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १५६ रुपैयाँ ११ पैसा रहेको छ ।

समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी १० प्रतिशत बढेको छ भने जगेडा कोष २०.४२ प्रतिशत बढेको छ । त्यसैगरी, बैंकको निक्षेप ३.३७ प्रतिशत र कर्जा १३.०७ प्रतिशत बढेको छ ।