मौद्रिक नीतिबाट ४, हट्यो १२ कायमै
वि.सं.२०७९ साउन ६ शुक्रवार १६:५७
shares
राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी
काठमाडौं, ६ साउन । नेपाल राष्ट्र बैंकले शेयर धितो कर्जामा लगाइएको ४/१२ को नीति संशोधन गरेको छ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति सार्वजनिक गर्दै संशोधन गरिएको जानकारी दिएका हुन् ।
जस अनुसार अब सेयर धितो कर्जामा कुल १२ करोड मात्र लिन सकिनेछ । एउटा बैंकबाट ४ करोड मात्र लिन सकिने व्यवस्था भने खारेज भएको छ । नेपाल राष्ट्र बैंकले आज (श्रावण ६ गते, शुक्रबार) आर्थिक वर्ष २०७९/०८० को मौद्रिक नीति सार्वजनिक गरेको छ । मौद्रिक नीतिमा सेयर धितो कर्जामा लगाइएको ४/१२ को क्याप के होला भन्ने सबै लगानीकर्ताहरूको चासो रहेको थियो ।















