ऋणपत्रलाई निक्षेपमा गणना गर्न पाउने
वि.सं.२०७९ साउन ६ शुक्रवार १७:०६
4.36K
shares
shares
राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी
काठमाडौं, ६ साउन । नेपाल राष्ट्र बैंकले ऋणपत्रलाई निक्षेपमा गणना गर्न पाइने व्यवस्थालाई निरन्तरता दिएको छ । असार मसान्तसम्म मात्रै रहेको सुविधालाई राष्ट्र बैंकले एकवर्षको लागि बढाएको हो ।
मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ऋणपत्रलाई कर्जा निक्षेप अनुपात (सीडी रेसियो) मा गणना गर्न दिने व्यवस्था २०८० साल असार मसान्तसम्म लागू हुने जनाएको छ ।
बैंकहरुले १ खर्बभन्दा बढीको ऋणपत्र सार्वजनिक गरेका छन् ।















