Dhulikhel Eco Banner new

लुम्बिनी प्रदेश सभाको दशौँ अधिवेशन अन्त्य

5.19K
shares

काठमाडौं, ७ साउन । लुम्बिनी प्रदेशसभाको दशौँ अधिवेशन अन्त्य भएको छ । प्रदेश प्रमुख अमिक शेरचनले गए राति १२ बजेदेखि लागू हुने गरी प्रदेश सभाको चालु दशौँ अधिवेशन अन्त्य गरेका हुन ।

नेपालको संविधानको धारा १८३ को उपधारा २० बमोजिम प्रदेश प्रमुख शेरचनले अधिवेशन अन्त्य गरेका हुन । लुम्बिनी प्रदेशसभा नियमावली, २०७९ को नियम ३ उपनियम ३० बमोजिम प्रदेशसभा सचिवालयले सदस्यलाई अधिवेशन अन्त्य भएको जानकारीका लागि सूचना प्रकाशित गरेको सचिव दुर्लभकुमार पुनमगरले जानकारी दिए ।