रसुवागढी हाइड्रोपावरको आईपीओ भर्ने समय थप
वि.सं.२०७९ साउन ११ बुधवार ०८:३८
shares

काठमाडौं, ११ साउन । रसुवागढी हाइड्रोपावर लिमिटेडको आईपीओ आवेदन दिने समय थप भएको छ । कम्पनीका अनुसार साउन ३१ गते सम्म आवेदन दिने समय थपिएको हो ।
साउन १० गते आयोजना प्रभावित क्षेत्रका बासिन्दाको लागि सय अंकितका दरले ६८ लाख ४२ हजार १०० कित्ता निष्कासन गरेको थियो ।
आयोजना अति प्रभावित क्षेत्र रसुवा गासाईकुण्ड गाउँपालिका १ थुमन र २ टिमुरेका बासिन्दा रहेका छन् । त्यस्तै आमाछोदिङ गाउँपालिका–४ र ५, गोसाइँकुण्ड–३,४,५ र ६ का बासिन्दा प्रासारणलाई प्रभावित रहेका छन् ।
आईपीओ न्यूनतम १० कित्तादेखि अधिकतम ७०० कित्तासम्मको लागि आवेदन दिन पाईने कम्पनीले जनाएको छ ।















