नेप्सेमा सामान्य सुधार, करिब ५ अर्बको कारोबार
वि.सं.२०७९ साउन १२ बिहीवार १५:२२
6.16K
shares
shares

काठमाडौं, १२ साउन । साताको पाचौं कारोबारको दिन नेप्से परिसुचक १५ दशमलव ४४ अंकले बढेको छ । बिहिबार नेप्से परिसुचक शुन्य दशमलव ७३ प्रतिशतले बढेर २१२७ दशमलव ४२ बिन्दुमा पुगेको हो ।
नेप्से परिसुचकसँगैं ‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि २ दशमलव ७० अंकले वृद्धि भएको हो । दिनभर भएका ७२ हजार ४ सय ५० कारोबारबाट २२१ कम्पनीका १ करोड १९लाख ५५ हजार ७६ कित्ता शेयर किनबेच भएका छन् ।
आजको सम्पुर्ण कारोबार ४ अर्ब ९७ करोड ६४ लाख ३३ हजार १ सय ३ पुगेको छ ।



















