Dhulikhel Eco Banner new

काभ्रेस्थली घटना : भेटियो चार पेजको सुसाइट नोट

6.68K
shares

काठमाडौं, १६ साउन । तारकेश्वर नगरपालिका नम्बर २ काभ्रेस्थली, पदमसालको एकै परिवारका चार जना मृत भेटिएको घरमा ‘सुसाइड नोट’ पनि भेटिएको छ । प्रहरीका अनुसार कोठाको ढोका भित्रबाट बन्द रहेको अवस्थामा परिवारका सबै सदस्य एकै कोठामा मृत भेटिएका थिए ।

मृत्यु हुनेमा गोरखा घर भई काभ्रेस्थली बस्दै आएका दिनेश पाण्डे, उनकी श्रीमती सुनिता काप्री पाण्डे, ११ वर्षका छोरा आशिक र ७ वर्षकी छोरी आशिका रहेको प्रहरीले जनाएको छ । प्रहरीले दिनेश पाण्डेले सबै सदस्यको हत्या गरेर आत्महत्या गरेको हुन सक्ने प्रहरीको आशंका छ ।

घटनास्थलमा भेटिएको ४ पेजको ‘सुसाइड नोट’ मा के लेखिएको छ भन्ने विषयमा प्रहरीले केही पनि जानकारी दिएका छैन् । दिनेश करिव १२ वर्ष कुवेतमा बसेर साढे ४ वर्षअघि मात्र नेपाल फर्किएका थिए । उनी वैदेशिक रोजगारीबाट फर्किए पछि घरमा मेलमिलाप हुन सकेको थिएनन् ।