Dhulikhel Eco Banner new

क्यारेमको राष्ट्रिय प्रतियोगिता, विश्वकमा समेत भाग लिने

5.38K
shares

काठमाडौं, १७ साउन । क्यारेमका राष्ट्रिय खेलाडी छनोट गरिएको छ । अल नेपाल क्यारेम एसोसिएसनले राष्ट्रिय प्रतियोगिता आयोजना गरेर ६ जना खेलाडि छनोट गरेको हो ।

दुई दिनसम्म काठमाडौंमा सञ्चालन भएको प्रतियोगिताबाट अकोश तामाङ, विशेष ढकाल, करण मगर, कविन सुनुवार, शेराज अन्सारी र क्रान्तीका रावल राष्ट्रिय खेलाडिका रुपमा छनोट भएका हुन् । प्रतियोगितामा ८० जनाको सहभागिता हरेको र त्यसबाट ६ जना छनोट गरिएको एसोसिएसनका अध्यक्ष बिनिता अर्यालले जानकारी दिइन् । उनका अनुसार यो प्रतियोगिता नेपालको इतिहासमै पहिलो हो । छनोट भएका खेलाडीले अक्टोबर महिनामा हुने विश्व कपमा नेपालको प्रतिनिधित्व गर्ने छ ।

प्रतियोगिताको युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराजले गरेका थिए भने कार्यक्रममा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाख घिसिङको समेत उपस्थिति रहेको थियो । एसोसिएसनले अहिले विश्व कपमा भाग लिने खेलाडिलाई विदेश लैजाने प्रक्रिया सुरु गरेको अध्यक्ष अर्यालको भनाइ छ ।

प्रतियोगिताका विजेता खेलाडीलाई विश्व क्यारेम एसोसिएसनका महासचिव विबेक देश नारायण, बंगाल स्टेट सिलगुडी भारतका राष्ट्रिय खेलाडी दुर्जेय धोश, डिस्टिक क्यारेम एसोसेसन पश्चिम बंगालका सचिव संजिब धोशले पुरस्कार वितरण गरेका थिए । विश्व क्यारेम एसोसिएसनका महासचिव नारायणले उच्च मनोबलका साथ विश्वकमा सहभागि हुन आग्रह गरे । उनले नेपाली खेलाडीले उत्कृष्ट नजिता ल्याउने विश्वास समेत व्यक्त गरे ।