Dhulikhel Eco Banner new

घट्यो शेयर बजार, ३ अर्बको मात्र कारोबार

5.55K
shares

काठमाडौं, १७ साउन । साताको तेस्रो कारोबारको दिन नेप्से परिसुचक २ दशमलव ८१ अंकले घटेको छ । हिजो भने १ दशमलव १५ अंकको झिनो सुधार भएको थियो ।
मंगलबार नेप्से परिसुचक शुन्य दशमलव १३ प्रतिशतले घटेर २१९३ दशमलव ४३ बिन्दुमा पुगेको हो ।
नेप्से परिसुचसँगैं ‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि शुन्य दशमलव ०१ अंकले घटेको छ ।
आज दिनभर भएका ५० हजार ३ सय ६५ कारोबारबाट २१७ कम्पनीका ७८ लाख १३ हजार १ सय २ कित्ता शेयर किनबेच भएका छन् ।
जसबाट आज भएको सम्पूर्ण कारोबार रकम ३ अर्ब २९ करोड ३२ लाख ३४ हजार ७ सय ६ पुगेको छ ।