Dhulikhel Eco Banner new

ओरालो गतिमा शेयर बजार, आज ३४ अंकको गिरावट

5.33K
shares

काठमाडौं, २० साउन । साताको अन्तिम कारोबारको दिन नेप्से परिसुचक ३४ दशमलव ८५ अंकले घटेको छ । शुक्रबार २ घण्टाको अवधिमा नेप्से परिसुचक १ दशमलव ६२ प्रतिशतले घटेर २११३ दशमलव ३० बिन्दुमा पुगेको छ ।

नेप्से परिसुचकसँगैं ‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ५ दशमल ९१ अंकले घटेको छ । आज २ अवधिमा भएका ४० हजार ४ सय २४ कारोबाररबाट २१३ कम्पनीका ६४ लाख १६ हजार ६ सय २९ कित्ता शेयर किनबेच भएका छन् ।

जसबाट आजको सम्पूर्ण कारोबार रकम २ अर्ब ६२ करोड ६१ लाख ५४ हजार ९ सय ४८ पुगेको छ ।