भारी वर्षाको सम्भावना
वि.सं.२०७९ साउन २५ बुधवार ०७:३५
6.18K
shares
shares

काठमाडौं, २५ साउन । हाल देशभर आंशिक देखि सामान्य बदली रहनेछ । देशको पहाडी भू भागमा सामान्य बदली रही बाँकी भू भागमा आंशिक देखि सामान्य बदली रहनेछ। जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेश १ र बागमती प्रदेशका केही तथा बाँकी भू भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश बागमती प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
भारी वर्षाको सम्भावना रहेकाले नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनअनुरोध गरेको छ।



















