Dhulikhel Eco Banner new

नेपाल बैंकमा छनोट भएकाहरु जागिर खान गएनन्, वैकल्पीकलाई मौका

6.25K
shares

काठमाडौं, २९ साउन । नेपाल बैंक लिमिटेडमा रोजगारीका लागि आवेदन दिएर परीक्षा पास गरेका व्यक्तिहरु हाजिर हुन नगए पछि वैकल्पीक उम्मेदवारले मौका पाएका छन् । बैंकले लिएको परीक्षामा पास भएर पनि तोकिएको समयमा निरोगिताको प्रमाणपत्र सहति उपस्थिति नभए पछि उनीहरुको स्थानमा वैकल्पीक उम्मेदवारले मौका पाएका हुन् ।

बैंकले एक सूचना प्रकाशित गरेर छनोट भएका उम्मेदवारहरु नआएका कारण वैकल्पीक उम्मेदवारलाई ७ दिन भित्र सम्पर्कमा आउन अनुरोध गरिएको छ । बैंकले माग गरेको सहायक प्रबन्धक, सहायक आईटी र कनिष्ठ सहायक पदमा वैकल्पीक उम्मेदवारले मौका पाएका हुन् ।