आएन शेयर बजारमा सुधार, आज १ अर्बको मात्रै कारोबार
वि.सं.२०७९ साउन २९ आइतवार १५:१४
6.9K
shares
shares

काठमाडौं, २९ साउन । साताको पहिलो कारोबारको दिन नेप्से परिसुचक २७ दशमलव ९२ अंकले घटेको छ । आइतबार नेप्से परिसुचक १ दशमलव ३७ प्रतिशतले घटेर २०१० दशमलव ०१ बिन्दुमा पुगेको हो ।
नेप्से परिसुचकसँगैं ‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ४ दशमलव ७३ अंकले ओरालो लागेको छ । आज दिनभर भएका ३८ हजार ४ सय १८ कारोबारबबाट २२७ कम्पनीका ४५ लाख ५९ हजार २२ कित्ता शेयर किनबेच भएका छन् ।
जसबाट आज कारोबार भएको सम्पूर्ण रकम १ अर्ब ८७ करोड ३२ लाख ८१ हजार ८ सय ९७ पुगेको छ ।



















