उदयपुरको क्षेत्र नम्बर एक (ख) मा बिमल राई उम्मेदवार बन्ने
वि.सं.२०७९ साउन ३१ मंगलवार ११:४१
shares

काठमाडौं, ३१ साउन । संघीय र प्रदेश सभाको चुनावको मिति घोषणा भएसँगै नेताहरुले चुनावको तयारी समेत थालेका छन् । जिल्ला स्थिरतका नेताहरु टिकट पाउनका लागि दौडधुपमा रहेका छन् । केही नेताहरु भेन चुनावको तयारीमा नै जुटी सकेका छन् ।
प्रदेश १ को उदयपुर जिल्लामा पनि निर्वाचनको रौनक सुरु भएको छ । २ वटा संघीय चुनाव क्षेत्र रहेको यो जिल्लामा ४ वटा प्रदेश क्षेत्र रहेका छन् । त्यसमध्ये उदयपुरको निर्वाचन क्षेत्र नम्बर १ ख बाट माओवादीका नेता बिमल राई बलियो दावेदारका रुपमा रहेका छन् । उदयपुर जिल्लाको सदरमुकमा समेत रहेको यो क्षेत्रमा त्रियुगा नगरपालिका मात्रै रहेको छ । यो क्षेत्रमा अघिल्लो पटकको चुनावमा बाम गठबन्धनबाट माओवादीका राम बहादुर थापा मगर उम्मेदवार थिए । राईले पार्टीले टिकट दिए आफू चुनाव लड्न तयार रहेको बताएका छन् ।
२०७४ सालको चुनावमा थापा मगरलाई कांग्रेस नेता हिमाल कार्कीले पराजित गरेका थिए । कार्की अहिले एक नम्बर प्रदेशको भौतिक पूर्वाधार मन्त्री रहेका छन् । कांग्रेसले जितेको भए पनि यो क्षेत्रमा माओवादीका राई बलियो उम्मेदावर रहेको त्रियुगाका स्थानीयले बताएका छन् । प्रदेश कमिटि सदस्य तथा त्रियुगा नगरपालिकाको इन्चार्ज समेत रहेका राई माओवादीका पुराना र जनयुद्धमा समेत हिडेका नेता हुन् ।

















