खप्तड लघुवित्तको आईपीओ खुल्यो
वि.सं.२०७९ भदौ ८ बुधवार ०९:१०
shares

काठमाडौं, ८ भदौ । खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ बिक्री खुला भएको छ । संस्थाले आईपीओ आजदेखि बिक्री खुला भएको हो ।
लघुवित्तले जारी पुँजी ४ करोड रुपैयाँको ३३ प्रतिशत बराबरको आईपीओ निष्काशन गर्न लागेको हो । यस अनुसार लघुवित्तले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्य भएका १ करोड ३२ लाख रुपैयाँ बराबरको १ लाख ३२ हजार कित्ता आईपीओ जारी गर्न गरेको छ । लघुवित्तले निष्काशन गर्न लागेको कुल शेयरमध्ये जारी पुँजीको ०.५ प्रतिशत कर्मचारीहरुका लागि र सर्वसाधारणका लागि छुट्याइएको शेयरमध्ये ५ प्रतिशत शेयर सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको छ ।
त्यसबाट बाँकी हुन आउने १ लाख २३ हजार ४०० कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् ।लघुवित्तको आईपीओमा छिटोमा भदौ १२ गते र ढिलोमा भदौ २२ गतेसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि १ हजार ३२० कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । आईपीओ निष्काशन तथा बिक्री प्रवन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताहरुले सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोशेयर वेबसाइट तथा एप मार्फत आवेदन दिन सक्नेछन् ।
हाल लघुवित्तको चुक्ता पुँजी २ करोड ६८ लाख रुपैयाँ छ । आईपीओ बाँडफाँटपश्चात लघुवित्तको चुक्ता पुँजी ४ करोड रुपैयाँ पुग्नेछ ।



















