काठमाडौँमा व्यवस्थित शहरीकरण हुन नसकेकामा सांसदहरुको चिन्ता
वि.सं.२०७९ भदौ ९ बिहीवार १७:३८
shares

काठमाडौं, ९ भदौं । राजधानी सहर भएर पनि काठमाडौँमा फोहर व्यवस्थापन एवं व्यवस्थित शहरीकरण हुन नसकेकामा सांसदहरुले सरोकार भएका निकायको ध्यानाकर्षण गराएका छन् ।
राष्ट्रियसभा, दीगो विकास तथा सुशासन समितिको आजको बैठकमा सांसदहरुले काठमाडौँ उपत्यका विकास प्राधिकरणका योजना, कार्यक्रम र उपलब्धिहरु विषयक छलफल कार्यक्रममा एउटै जिम्मेवारी भएका धेरै निकाय भएपनि काम हुन नसकेको बताएका हुन् । बैठकमा सांसदहरु कमला पन्त, जगप्रसाद शर्मा, नन्दा चपाइँ, कृष्णप्रसाद पौडेललगायतले सहरमा वुद्धिजीवी र प्रतिष्ठित मानिसको बसाइ हुने भए पनि फोहर र अव्यवस्थाले गिज्याएकामा सरोकार भएका निकायको ध्यान जानुपर्ने बताए ।



















