मापदण्ड मिचेर बनाइएको भारतको चर्चित ट्वीन टावर भत्काइयो
वि.सं.२०७९ भदौ १३ सोमवार ०७:५५
shares

काठमाडौं, १३ भदौ । मापदण्ड मिचेर बनाइएको भारतको चर्चित ट्वीन टावर भत्काइएको छ । भारतको ट्वीन टावरका रुपमा चिनिएका नोएडाका २ वटा विशाल भवन सोमबार ध्वस्त बनाइएको हो । सुरुमा नौ तलाको बनाउने भनेर निर्माण सुरु गरेको टावर पछि १४ तले बनाइएको थियो । यसलाई थपेर २१ तले हुँदै ४० तले बनाएपछि इलाहावाद उच्च अदालतमा मुद्दा परेको थियो । इलाहावाद उच्च अदालतले भवन भत्काउन आदेश दिएपनि सर्वोच्च अदालतमा मुद्दा परेपछि रोकिएको थियो ।
भारतको सर्वोच्च अदालतले पनि भवन मापदण्ड विपरत रहेको भन्दै भत्काउन आदेश दिए पछि सोमबार भवन भत्काइएको थियो । भवन भत्काउन ठूलो मात्रामा विष्फोटक पदार्थ प्रयोग गरिएको थियो । भवन भत्काउदा निस्किएको धुलो र धुवाका कारण केहीबेर भवन वरपरका सडकहरु अवरुद्ध भएका थिए ।



















