Dhulikhel Eco Banner new

श्रृजनशील लघुवित्तको आईपीओ खुल्यो, कहिलेसम्म छ आवेदन दिने म्याद ?

8.59K
shares

कठमाडौं, १५ भदौ । श्रृजनशील लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणको लागि आईपीओ निष्काशन गरेको छ । लघुवित्तले भदौ १५ गते आज देखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो ।

लघुवित्तले जारी पुँजी १० करोड ९३ लाख ७५ हजार रुपैयाँको ३६ प्रतिशतले हुन आउने ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता शेयर निष्काशनमा ल्याएको छ । निष्काशन गरिएको शेयरमध्ये ०.५ प्रतिशत आर्थत ५ हजार ४७० कित्ता शेयर कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात १९ हजार ६९० कित्ता शेयर सामुहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकि रहने ३ लाख ६८ हजार ५९० कित्ता शेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

लघुवित्तको आईपीओमा प्रतिशेयर १०० रुपैयाँका दरले न्यूनतम १० कित्तादेखि अधिकतम १० अंकले भाग जाने संख्यामा अधिकतम १ हजार कित्ता अर्थात १० हजार रुपैयाँ सम्मको लागि आवेदन दिन सकिनेछ । नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आश्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र मेरो शेयरको वेब तथा एप मार्फत पनि कम्पनीको आईपीओमा आवेदन दिन सकिनेछ ।

लघुवित्तको आईपीओमा भदौ १५ गते देखि भदौ १९ गते बैकिङ्ग समयसम्ममा आवेदन दिन सकिनेछ । त्यस अवधिसम्ममा माग अनुसार पर्याप्त आवेदन नपरे भदौ २९ गतेसम्म म्याद थप हुनेछ । लघुवित्तको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड रहेको र बिओके क्यापिटलले लिमिटेड रहेका छन् ।