माथिल्लो मैलुङ खोला जलविद्युतको साधारणसभा असोज ६ गते
वि.सं.२०७९ भदौ १७ शुक्रवार १०:०८
shares

काठमाडौं, १७ भदौ । माथिल्लो मैलुङ खोला जलविद्युतको नवौ वार्षिक साधारणससभा असोज ६ गते बस्ने भएको छ । कम्पनीको भदौ १२ गते बसेको सञ्चालक समितिको बैठकको निर्णय अनुसार सभा बस्ने निर्णय गरेको हो ।
सभा असोज ६ गते विहान ११ बजे अकामा होटल, का.म.न.पा–४ धुम्बाराहीमा बस्नेछ ।
उक्त सभामा आईपीओ निष्कासन गर्ने, आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि छुट्याएको शेयर बिक्री तथा बाँडफाँट गर्ने जस्ता प्रस्ताव पारित हुनेछन् ।
यसका साथै कम्पनीको अधिकृत पूँजीमा वृद्धि गर्ने, संस्थापक शेयरधनीको समुह ‘क’ को तर्फबाट प्रतिनिधित्व गर्ने महिला सञ्चालकको नियुक्ती÷निर्वाचन गर्ने प्रस्तावहरुमा छलफल हुनुका साथै अन्य छलफलहरु हुनेछन् ।



















