एमबान स्र्पोट्स मिट सुरु (भिडियो सहित)
वि.सं.२०७९ भदौ १७ शुक्रवार १२:३५
shares

काठमाडौं, १७ भदौ । नेपाल मर्चेन्ट बैंकर एसोसिएसनको आयोजनामा एमबान स्र्पोट्स मिट २०२२ सुरु भएको छ । टेबलटेनिस, ब्याटमिन्टन र फुटसल समावेश मिटको शुक्रबार एक कार्यक्रमका बीच सुभारम्भ गरिएको हो ।
‘स्वस्थ जीवन शैलीको लागि सँगै’ (‘Together for a Healthy Lifestyle’) भन्ने नारासहित पहिलो पटक आयोजना गरिएको प्रतियोगितामा नेपाल मर्चेन्ट बैंकसर संघका सदस्य संस्थाहरु साथै नियामक निकायको सहयागिता रहेको छ ।
उक्त प्रतियोगितामा फुटसल, टेबल टेनिस र ब्याटमिण्टनलाई विभिन्न बिधामा समावेश गरिएको छ । उक्त प्रतियोगितामा पुरुष तथा महिला बिधामा टेबल टेनिस र ब्याटमिण्टनका प्रतिस्र्पधाहरु हुनेछ भने पुरुष बिधामा फुटसल प्रतिस्र्पधा हुने छ । सम्पूर्ण प्रतियोगिताहरु राष्ट्रिय तथा अन्र्तराष्ट्रिय नियमको अधिनमा रहि संचालन हुने नेपाल बैंकर संघका अध्यक्ष मेख बहादुर थापाले जानकारी दिए ।
उनका अनुसार टेबल टेनिस र ब्याटमिण्टनका प्रतिस्र्पधाहरु शुक्रबार र शनिबार सम्पन गरिने छ भने फुटसल प्रतियोगिता भदौ २४ र २५ गते सम्पन हुने छन् ।



















