Dhulikhel Eco Banner new

मोरङ क्षेत्र नम्बर ४ बाट एमालेका ढकालको एकल सिफारिस

6.96K
shares

काठमाडौं, २० भदौ । आगामी मंसिरमा हुने चुनावका लागि अहिले धमाधम उम्मेदवारको नाम सिफारिस गर्ने काममा पार्टीहरु लागि रहेका छन् । यसै क्रममा मोरङको निर्वाचना क्षेत्र नम्बर ४ बाट नेकपा एमालले केन्द्रीय सदस्य विनोद ढकालको नाम सर्वसम्मत रुपमा सिफारिस गरेको छ ।

एमाले केन्द्रीय सदस्य समेत रहेका ढकालको निर्वाचन क्षेत्र नम्बर ४ बाट एकल उम्मेदवारी सिफारिस भएको हो । विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा आएका ढकाल विगत ३७ वर्षदेखि राजनीतिमा सक्रिय छन् । भोजपुरमा जन्मेका ढकाल एसएलसी सकेर मोरङ झरेका उनी त्यस पछि लगातार रुपमा राजनीतिमा सक्रिय रहेका छन् ।

उनी अनेरास्ववियुको केन्द्रीय उपाध्यक्षसम्म बनेका थिए । उनी यसपटक मोरङ क्षेत्र नम्बर ४ बाट संसदमा विजय हुने निश्चित भएको एमाले कार्यकर्ताहरुले बताउँदै आएका छन् । जिल्लामा विकास निर्माणका लागि केन्द्रमा बजेट ल्याउन लबिङ गर्ने र मोरङको विकासका लागि काम गरेकाले स्थानीमा निकै रुचाइएका व्यक्ति समेत हुन् ।