२१ अंकले घट्यो नेप्से , १ अर्बको मात्रै कारोबार
वि.सं.२०७९ भदौ २१ मंगलवार १५:२०
7.44K
shares
shares

काठमाडौं, २१ भदौ । साताको तेस्रो कारोबार दिन नेप्से परिसुचक २१ दशमलव २२ अंकले ओरालो लागेको छ ।
मंगलबार नेप्से परिसुचक १ दशमलव ०८ प्रतिशतले घटेर १९५१ दशमलव ७९ बिन्दुमा रोकिएको हो । नेप्से परिसुचकसँगै ‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ३ दशमलव ८९ अंकले ओरालो लागेको छ ।
आज दिनभर भएका २४ हजार ६ सय २२ कारोबारबाट २२७ कम्पनीका ३२ लाख ९ हजार ९ सय ८३ कित्ता शेयर किनबेच भएका छन् ।
यसै गरी आज दिनभर भएको सम्पूर्ण कारोबार रकम १ अर्ब १९ करोड ७ लाख ६५ हजार ६ सय १३ पुगेको छ ।



















