Dhulikhel Eco Banner new

नयाँ स्टक एक्सेचेञ्जको लागि ३ अर्ब पुँजी हुनु पर्ने

6.31K
shares

काठमाडौं, २७ भदौ । नयाँ स्टक एक्सेचेञ्जको चुक्ता पुँजी ३ अर्ब हुनु पर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले धितोपत्र बजार सञ्चालन (दोस्रा संशोधन) नियामावली २०७९ सार्वजनिक गर्दै नयाँ एक्सेचेञ्जका लागि ३ अर्ब चुक्ता पुँजी हुनु पर्ने बताएको हो ।

यस्तै कारोबार सञ्चालनमा आएको दुई वर्ष भित्र जारी पुँजीको ३० प्रतिशत शेयर सर्वसाधारणको लागि शेयर निष्काशन गर्नुपर्ने व्यवस्था गरेको छ । नेपाल बाहेक अन्य मुलुकमा पनि धितोपत्र बजार सञ्चालन गरिरहेको कम्पनी वा संगठित संस्थाले पनि लगानी गर्न सकिने व्यवस्था छ ।

त्यसको लागि १० वर्षदेखि धितोपत्र बजार सञ्चालन गरिरहेको तथा प्रचलित कानून बमोजिम नेपालमा लगानी वा व्यवसाय गर्न अनुमति पाएको कम्पनी वा संगठित संस्थाले हुनु पर्नेछ ।