Dhulikhel Eco Banner new

मन्त्रीले शिलान्यास गरेको लमहीको बहुउद्देश्यीय सभाहल अझै निर्माण शुरु भएन

6.73K
shares

देउखुरी, ३० भदौ । शहरी विकास मन्त्री मेटमणि चौधरीले हतारमा शिलान्यास गरेको लमहीको एउटा आयोजना अझै अघि बढ्न सकेको छैन । प्रक्रिया नै पूरा नभएको लमही नगरपालिका वडा नम्बर ५ रातो डाँडा स्थित लमही नगर विकास समितिले निर्माण गर्न लागेको बहुउद्देश्यीय सभाहलको शहरी विकास मन्त्री मेटमणि चौधरीले गत साउन २८ गते निकै तामझाका साथ शिलान्यास गरेका थिए ।

शिलान्यास कार्यक्रममा शहरी विकास मन्त्रालयका सचिव डा. रमेशप्रसाद सिंहले सभाहल सुविधा सम्पन्न बनाउन आवश्यक रहेको उद्घोष गरेका थिए । तर, शिलान्यास गरेको करिब एकमहिना वितिसक्दा समेत आयोजना अझै अघि बढ्न सकेको छैन । यद्यपी सचिव डा. सिंहले शिलान्यास कार्यक्रममा बोल्दै भवन निर्माणको लागि सघन शहरी आयोजना कार्यालय घोराही दाङबाट बजेटको छुट्टै व्यवस्था हामीले गर्छौ र बटेको व्यवस्था गरेर उक्त आयोजनालाई बुहुवर्षीय आयोजना स्वीकृत गर्ने समेत बताएका थिए ।

मन्त्री चौधरीले प्रक्रिया पूरा नगरी भवनको शिलायास गर्दा एकमहिनासम्म काम नै सुरु भएको छैन । जस लिनलाई मन्त्री चौधरीले तत्कालिन समयमा बजेट व्यवस्था बीनै सघन शहरी आयोजना कार्यालय घोराही दाङको लगानी स्वीकृतसमेत नगरी बहुउद्देश्यीय सभाहलको शिलान्यास गरेका थिए । यता सघन शहरी आयोजना कार्यालय घोराही दाङका इञ्जिनीयर विजय शेखर खनालले बहुउद्देश्यीय सभाहल निर्माण गर्ने भनेर बजेट प्राप्त नभएको बताए । ‘सभाहल निर्माण गर्ने भनेर कुनै कार्यक्रम नभएको बताउँदै सघन शहरीबाट निर्माण गर्ने भन्ने कुराहरु चाही आइरहेको छ,’ उनले भने ।

विभागमा पठाउनका लागि स्टिमेटहरु बनाउने काम चाही गरिरहेका छौँ । विभागमा पठाइसकेपछि अर्थ मन्त्रालयले पनि पूर्ण बजेटको सुनिचिश्ता गरिदिनु पर्ने उनको भनाइ छ । सोही अनुसारको अहिले प्रक्रियामा रहेको उनको भनाइ थियो ।

बहुउद्देश्यीय सभाहलमा एकहजार मानिस अट्ने र उक्त भवन पूरा गर्न जम्मा ५३ करोडको लागत अनुमान गरिएको छ । यता लमही नगर विकास समितिका सव–इञ्जिनियर तुलसीराम अर्यालले भवन निर्माणको लागि नगर विकास समितिबाट जग्गा व्यवस्थापन भएको बताए । ‘हामीले बहुउद्देश्यीय सभाहल निर्माण गर्ने भनेर १८ कठ्ठा जग्गा व्यवस्थापन गरेर राखेका थियौँ तर, लमही नगर विसका समितिबाट बजेटको व्यवस्थापन हुन सकिरहेको थिएन । बजेटको स्रोत विना शहरी विकास मन्त्री मेटमणि चौधरीबाट भवनको शिलान्यास भयो,’ उनले भने– ‘फिल्डमा अहिले केही पनि हुन्न, ‘मन्त्री चौधरीले निर्वाचन क्षेत्र अन्तरगत लमहीको रातो डाँडामा बहुउद्देश्यीय सभाहलको शिलान्यास गरेपछि काम नहुँदा वरिपरि काँस पलाएर शिलान्यास गरेको स्तम्भ नै नदेखिने अवस्थामा पुगेको छ ।’