४४ अर्बले बढ्यो बैंकहरुको निक्षेप संकलन
वि.सं.२०७९ असोज १ शनिवार ०९:५९
shares

काठमाडौं, १ असोज । बैंकहरुमा निक्षेप संकलन बढ्न थालेको छ । भदौ महिनाको पछिल्ला तीन सातामा बैंकहरुको निक्षेप संकलन बढेको हो । भदौ १० गतेसम्ममा ४४ खर्ब २६ अर्ब रुपैयाँ निक्षेप रहेको बैंकहरुमा भदौ ३० गतेसम्मको अवधिमा आइपुग्दा यो रकम बढेर ४४ खर्ब ७० अर्ब पुगेको हो ।
चालू आर्थिक वर्षको पहिलो महिनामा लगातार घटेको निक्षेप संकलन भदौ पहिलो सातासम्म पनि आरोलो नै लागेको थियो । भदौको दोस्रो साताबाट भने बैंकहरुको निक्षेप संकलन बढ्न थालेको हो । नेपाल बैंकर्स संघले जारी गरेको विवरण अनुसार भदौ १० गत पछि मात्रै निक्षेप संकलन ४४ अर्ब रुपैयाँले बढेको छ ।
पछिल्लो ससम बैंकहरुमा निक्षेप संकलन बढ्न गाले पनि कर्जा लगानी भने खासै बढेको छैन । भदौ १० गतेसम्ममा ४१ खर्ब ८० अर्ब रुपैयाँ कर्जा लगानी गरेका बैंकहरुले भदौ ३० गतेसम्ममा ४१ खर्ब ८४ अर्ब रुपैयाँ कर्जा दिएका छन् ।



















